Like us!
Follow us!
Connect us!
Watch us!

बिमस्टेक सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल भारततर्फ प्रस्थान

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १६ : २७ मा प्रकाशित

बिमस्टेक सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल भारततर्फ प्रस्थान

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् । सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदैछ । नेपालमा लगानी भित्र्याउने तथा ब्यापार प्रवर्दन लगायतका बिषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो । तेस्रो शिखर सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो । तिन दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको