Like us!
Follow us!
Connect us!
Watch us!

पाँचलाख बढीको बीमामा आम्दानीको स्रोत अनिवार्य खुलाउनुपर्ने

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १४ : ४३ मा प्रकाशित

पाँचलाख बढीको बीमामा आम्दानीको स्रोत अनिवार्य खुलाउनुपर्ने

बीमितले पाँचलाख भन्दा बढीको बीमा गर्दा आम्दानी स्रोत अनिवार्य रुपमा खुलाउनुपर्ने नेपाल बीमा प्राधिकरणले जनाएको छ। बीमा क्षेत्रमा आम्दानी भन्दा माथिको बीमा गराँउदा अपराधजन्य घटना बढ्दै गएको भन्दै आम्दानीको स्रोत अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिएको प्राधिकरणकाले जनाएको हो ।

बीमा प्राधिकरणले बीमकहरुले पाँच लाख रुपैयाँभन्दा बढी बार्षिक वा एकल बीमाशुल्क तिर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ ।

बीमितले पाँचलाख भन्दा बढीको बीमा गराएर आम्दानीको स्रोत नखुलाउने बीमा कम्पनीहरुलाई बीमा ऐन अनुसार कारवाही समेत गरिने प्राधिकरणले जनाएको छ। बीमा रकमको प्रलोभनमा अपराधजन्य घटना भइरहेको कारण प्राधिकरणले उक्त विषमामा कडाई गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको