आज मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घटेको छ । आज नेप्से ४.२७ ले घटेर १ हजार ८ सय ६६ दशमलब ४० को विन्दुमा कायम भएको हो ।
गत आइतबार भने नेप्से परिसूचक १९.११ अंकले घटेको थियो । नेप्से १९.११ ले घटेर १ हजार ८ सय ७० दशमलब ६५ को विन्दुमा कायम भएको थियो ।
आज नेप्से घटेपनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज नेप्सेमा ६९ करोड २२ लाख ७१ हजारमाथिको कारोबार भएको हो ।
आज ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्से घटेपनि हिमालयन डिस्टिलेरी लिमिटेडको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस