Like us!
Follow us!
Connect us!
Watch us!

सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १६ : १४ मा प्रकाशित

सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत

आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो । 

भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमनत भएका हुन् । दुवै देशले निकट सम्पर्कमा रहने,  सैन्य एवम् कूटनीतिक माध्यमबाट वार्तालाई निरन्तरता दिन तथा समाधान गर्न बाँकी सबै मुद्दा पारस्परिक सहमतिमा निरुपण गर्ने प्रतिबद्धता जनाएका छन् । 

“पश्चिमी क्षेत्रको लाइन अफ कन्ट्रोलसँग सम्बन्धित विवाद समाधान गर्न दुवै पक्षबीच गहन छलफल भएको छ , सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने सहमति भएको छ,” बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । 

पाँच महिनाको अन्तरालमा चीन र भारतका सैन्य अधिकारीबीच उक्त बैठक भएको हो । दुवै देशका लेफ्टिनेन्ट जनरलले नेतृत्व गरेको उक्त बैठकमा चीन र भारतका उच्च सैनिक अधिकारीको सहभागिता थियो ।-एएनआई 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको