Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको लोकतान्त्रिक प्रक्रियाको प्रशंसा गर्दै मोदीको बधाई सन्देश

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, १७ : २८ मा प्रकाशित

नेपालको लोकतान्त्रिक प्रक्रियाको प्रशंसा गर्दै मोदीको बधाई सन्देश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै नेपाली जनता तथा सरकारलाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत् सन्देश सार्वजनिक गर्दै मोदीले नेपाली नागरिकहरूले लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन्।

उनले नेपालको लोकतान्त्रिक यात्रामा यो उपलब्धि ऐतिहासिक क्षण भएको उल्लेख गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु देशका लागि गर्वको विषय भएको बताएका छन्।

प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको घनिष्ठ मित्रता तथा छिमेकी सम्बन्धलाई स्मरण गर्दै आगामी दिनमा पनि दुवै देशबीच शान्ति, प्रगति र समृद्धिका साझा लक्ष्य हासिल गर्न सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन्।

भारतले नेपालका जनता तथा नवनिर्वाचित सरकारसँग मिलेर द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजान प्रतिबद्ध रहेको उनले बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको