Like us!
Follow us!
Connect us!
Watch us!

स्टक एक्सचेन्जको लाइसेन्समा नीतिगत भ्रष्टाचार भएको छ: डा. स्वर्णिम वाग्ले

अर्थ संसार

आइतबार, २४ बैशाख २०८०, १६ : ३० मा प्रकाशित

स्टक एक्सचेन्जको लाइसेन्समा नीतिगत भ्रष्टाचार भएको छ: डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अर्थाशाश्त्री डा. स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जको लाईसेन्समा नीतिगत भ्रष्टाचार भएको बताएका छन्। बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सीबिफिन) ले राजधानीमा आयोजना गरेको नेपाल बिजनेस समिट २०२३ मा बोल्दै वाग्लेले लाइसेन्सिङ्गमा हाकाहाकी भ्रष्टाचार भएको बताएका हुन्। 'अघि लाइसेन्स वितरणको कुरा आयो, यसमा हाकाहाकी भन्दिए हुन्छ; सिधै यो करप्सन हो, संस्थागत भ्रष्टाचार हो। कम्पिटिसन चाहिन्छ, उपभोक्तालाई सहज बनाउनु पर्छ, कस्ट घटाउनुपर्छ तर राज्यलाई पनि लुट्ने हिसाबले जानु हुँदैन।' उनले भने।  

यसअघि सोहि पार्टीकी सांसद सोबिता गौतमले संसदमा नयाँ स्टक एक्सचेन्जको प्रकृया तत्काल रोक्न माग गरेकी थिईन। प्राइभेट सेक्टरको अर्को स्टक एक्सचेन्ज आईसकेपछि नेप्सेको व्यापार चौपट हुने र नेप्सेले वर्षेनी सरकारलाई बुझाउँदै आएको अरबौंको राजस्व गुम्ने खतरा रहेको भन्दै उनले नयाँ स्टक एक्सचेन्ज मुलुकको हितमा नरहेको बताएकी थिईन। उनको सो अभिव्यक्तिको लगानीकर्ताहरुले व्यापक विरोध गरेका थिए। 

व्यापक विरोधका बाबजुद स्टक एक्सचेन्जको प्रकृया अघि बढेको छ। धितोपत्र बोर्डले परेका आवेदनहरु मध्येबाट छनोट गर्न समितिसमेत गठन गरिसकेको छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको