Like us!
Follow us!
Connect us!
Watch us!

ढाकाकुमारले दिएको रिटमा आज सुनुवाइ हुँदै

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, ११ : ३९ मा प्रकाशित

ढाकाकुमारले दिएको रिटमा आज सुनुवाइ हुँदै

निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई सांसद्मा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज (सोमबार) सुनुवाइ हुँदैछ ।

मन्त्री बन्न मेडिकल विवादीत व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

श्रेष्ठले सांसद पद पुनर्वहाली हुनुपर्ने मागसहित दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेपनि सभामुख देवराज घिमिरेले भने सांसदबाट हटाइएको सूचना संसद्मा पढेर सुनाइसकेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको