Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १३ : १६ मा प्रकाशित

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।  आज (मंगलबार) सभामुख देवराज घिमिरले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय गरेका हुन् ।

उनलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो । उक्त पत्रको अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निर्णय गरेका हुन् । उनको सांसद पद रिक्त भएको सूचना मंगलबारको प्रतिनिधिसभाको बैठकमा सुनाउने तयारी रहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको