Like us!
Follow us!
Connect us!
Watch us!

सुन्धारा सेक्यूरिटीजद्वारा सिमरामा नयाँ शाखा सञ्चालन(फोटोफिचर)

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १४ : २८ मा प्रकाशित

सुन्धारा सेक्यूरिटीजद्वारा सिमरामा नयाँ शाखा सञ्चालन(फोटोफिचर)

सुन्धारा सेक्यूरिटीजले आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। सेक्यूरिटीजले आज (सोमाबार) जितपुर सिमरा उपमहानगरपालिका-२ एयरपोर्ट रोडमा शाखा सञ्चालनमा ल्याएको हो। शाखाले सेयर कारोबार तथा निक्षेप सदस्य सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहन शर्मा र सुन्धारा सेक्यूरिटीजका अध्यक्ष बद्री गोविन्द श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका छन् । उद्घाटनसँगै उक्त कम्पनीको कारोबार शुभारम्भ भएको छ।

ब्रोकर नम्बर ५२, सुन्धारा सेक्यूरिटीजले विगत १२ वर्षदेखि काठमाडौँको सुन्धारास्थित प्रधान कार्यालय र लमजुङ्ग बेशिसहरको शाखा कार्यालयबाट सेयर खरिद बिक्री तथा निक्षेप सदस्य सेवा प्रदान गर्दै आएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको