Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो थप तीन कम्पनीको सेयर कारोबार रोक्का(पत्रसहित)

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १६ : २९ मा प्रकाशित

नेप्सेले गर्यो थप तीन कम्पनीको सेयर कारोबार रोक्का(पत्रसहित)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप तीन कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेमा सूचीकृत प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (वैशाख २६) गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी तीनवटै जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का राख्ने भएको हो ।

तीन जीवन बीमा कम्पनीको बैशाख २२ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एकआपसमा गाभ्ने–गाभिने वा मर्जर कार्य सम्पन्न भई वैशाख २६ गतेदेखि ‘हिमालयन लाइफ इन्स्योरेन्स’ लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले उक्त कम्पनीहरुको सेयर कारोबार रोक्का राख्ने भएको हो ।

नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने वा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार वैशाख २६ गतेदेखि लागू हुनेगरी रोक्का गर्ने भएको हो । उक्त तीन जीवन बीमा कम्पनी १ः१ः१ स्वाप रेसियामा मर्ज भई भोलिदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको