लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सञ्चालक समितिमा ५ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको वैशाख २५ गते सम्पन्न भएको ११औं, १२औं र १३औं साधारण सभाबाट संस्थापक समूहतर्फबाट ५ जना सञचालक निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित हुने सञ्चालकहरुमा आत्मराम घिमिरे, श्याम बहादुर खड्का, राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे र कविता पोख्रेल रहेका छन् भने सर्वसाधारण समूहबाट लोचन कोइराला निर्वाचित भएका छन् । साथै कम्पनीको स्वतन्त्र सञचालकमा अनुज्ञा सापकोटालाई चयन गर्ने प्रस्ताव समेत पारित भएको छ ।
साथै साधारण सभापश्चात् कम्पनीको बसेको सञ्चालक समितिको बैठकले डा. आत्मराम घिमिरेलाई सञ्चालक समितिको कार्यकारी अध्यक्षमा चयन गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस