Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, ११ : ४६ मा प्रकाशित

गरिमा विकास बैंकका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा

गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा गत आर्थिक वर्षको लाभांश जम्मा गरिदिएको छ। बैंकको पुस २२ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भई सेयरधनीहरुको खातामा पठाउन सुरु गरेको हो । 

पुस ८ गतेसम्म कायम रहेका सेयरधनीहरुले सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा भएको छ भने त्यो मिती पछि सेयर अभौतिकरण गराएका सेयरधनीको हकमा पनि क्रमश सेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।  

साथै,  अघिल्लो आवमा बुझाउनु पर्ने लाभांस रक नबुझाएका सेयरधनीहरुमध्ये १६ औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांसले समेत बुझाउनु पर्ने सम्पूर्ण कर रकम बुझाउन नपुग्ने सेयरधनीले उक्त रकम जम्म गरेपछि मात्र बोनस सेयर प्राप्त गर्नेछन् । कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

सेयरधनीले उक्त बोनस सेयरमा लाग्ने कर र्बैंकको खाता रहेको लाजिम्पाट शाखा खाता नं. ०४०००१०१०१३८९३०००००१ मा ‘एनआइबिएल एस क्यापिटल–जीबीबीएल बोनस ट्याक्स २०७७–२०७८’ नाममा जम्मा गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको