गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।
पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस