Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंक कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, २० : २२ मा प्रकाशित

गरिमा विकास बैंक कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकामा यस विकास बैंकलाई ‘कर्पोरेट एक्सिलेन्स २०२४ इन डेभलपमेण्ट बैंक, रिजनल बैंक एण्ड फाइनान्स कम्पनी’ विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्‍याएको बैंकले जनाएको छ।

आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाइ छ।

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको