Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, ११ : १३ मा प्रकाशित

गरिमा विकास बैंकको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा

गरिमा विकास बैंकले बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ३ लाख ६० हजार ८२.४३ कित्ता सेयर बिक्रीमा राखेको हो। 

यसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद गर्न सक्नेछन् भने बाँकी रहेको १ लाख ८ हजार १३०.३२ कित्तामा अन्य व्यक्ति तथा संस्थाले किन्न पाउनेछन्।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरमा ३५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट  निवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।

अन्य व्यक्ति तथा संस्थाले भने बिक्रीमा राखिएको सेयरमा १५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ।

सेयर खरिदका लागि दुवै समूहले काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको