Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ब्याजदर घटाउनेमा अर्थमन्त्री विश्वस्त

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १५ : ३० मा प्रकाशित

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ब्याजदर घटाउनेमा अर्थमन्त्री विश्वस्त

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ब्याजदर घटाउनेमा अर्थमन्त्री डा. प्रकाशशरण महत विश्वस्त देखिएका छन् । आज (मंगलबार) राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त तथा प्राथमिकताबारे उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री डा. महतले सरकारले बजेटमार्फत् अनावश्यक खर्च घटाउने भन्दै राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा आफू विश्वस्त रहेको स्पष्ट पारेका हुन्। 

 ‘व्यापार व्यवसायमा ब्याजदर बढेका कारण नाफा भइरहेको छैन, नयाँ ऋण लिन खोज्नेहरु पोसाउँदैनन् । बैंकिङ क्षेत्रबाट पूँजी परिचालन गर्ने वातावरण बनाउन मौद्रिक नीतिमार्फत पनि सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘मलाई के विश्वास छ भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्छ र त्यसले ब्याजदर घट्छ ।’ डा.महतले ब्याजदर घटाउनासाथ राजस्वको आधार फराकिलो हुने बताए । यसकै आधारबाट आगामी बजेटको लक्ष्य निर्धारण हुने पनि उनले बताए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको