Like us!
Follow us!
Connect us!
Watch us!

राइट सेयरका कारण जलविद्युत क्षेत्रमा पुँजी निर्माण भएको छ : डिल्ली बहादुर सिंह

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, ०७ : ४६ मा प्रकाशित

विनियमावली गाईडलाईन्सहरु विना काम गर्न नसक्ने भएकाले करिब एक दर्जन नियामकीय उपकरणहरु बनाएको विद्युत् नियामक आयोगका डिल्ली बहादुर सिंहले बताएका छन् । उनले अर्काे एक दर्जन बनाउने क्रममा रहेको र एक दुई महिनाभित्र दुई तीन ओटा नियामकीय उपकरण पास हुने बताएका हुन् । 

‘२०७६ साल बैशाख २५ गते आयौं । सबैभन्दा पहिलो काम हाम्रो नियामकीय उपकरणहरु बनाउन पर्ने थियो किनभने विनियमावली गाईडलाईन्सहरु विना केहि गर्नसक्ने थिएनौँ । सबैभन्दा पहिला त्यसमा हामी लाग्यौँ । त्यसमा करिब एक दर्जन नियामकीय उपकरणहरु हामीले बनाईसकेका छौँ । अब एक दर्जन बनाउने क्रममा छन् । त्यसमा २,३ ओटा एक महिना भित्र पासहुने अवस्थामा रहेको छ ।’ उनले भने ।

राइट सेयरका कारण जलविद्युत क्षेत्रमा पुँजी निर्माण भएको बताउँदै उनले सेयर सिक भएको प्रोजेक्टका लागि १ः२ लागु गरेर त्यसमा निकाल्न पाउने निर्णय ल्याएको बताए । ‘लगानीकर्ताको लगानीदेखि सरकारसम्म घाटामा जाने भएकाले राइट सेयर सिक भएको प्रोजेक्टका लागि १ः२ लागु गरेर त्यसमा निकाल्न पाउने निर्णय गर्याै । जसले पुँजी निर्माण भएको छ । राईट सेयरका कारण जलविद्युत क्षेत्रमा पुँजी निर्माण भईरहेको छ । ’

हाइड्रोपावर विकासका लागि राष्ट्र बैंकका तत्कालीन गभर्नरसँग छलफल गरि ब्याजदर घटाएर ३ प्रतिशत व्याजमा ल्याएसँगै डुब्न लागेका ४९ ओटा जलविद्युतलाई सञ्चालन गरेर गरेको बताए ।

उनले ५ एम्पिएरबाट न्युन वर्गका उपभोक्ताहरुलाई १० युनिटसम्म विजुलि फ्रि गरिएको उल्लेख गरे । दस्रोपटक केहि विद्युत महसुल घएको सिचाईँ खानेपानीमा विद्युत ५० प्रतिशतले कम गरेको पनि उनले जानकारी दिए । उनले भने, ‘त्यसरी अगाडी बढ्यौ दस्रोपटक विद्युत महसुल घटायौं । र, सिचाईँ खानेपानीमा विद्युत ५० प्रतिशतले कम गरायौँ । एलपिजिलाई सिमिस गर्नका लागि त्यसकिसिमको कामहरु गर्याैँ ।’

" राइट सेयरका कारण जलविद्युत क्षेत्रमा पूंजी निर्माण भएको छ" 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको