Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रका बाह्य सूचकहरु कम्फ़र्टेबल अवस्थामा, १ महिनामै २१% ले बढ्यो शोधनान्तर

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, १५ : १८ मा प्रकाशित

अर्थतन्त्रका बाह्य सूचकहरु कम्फ़र्टेबल अवस्थामा, १ महिनामै २१% ले बढ्यो शोधनान्तर

२०७९ चैत महिनामा वार्षिक थोक मुद्रास्फीति ५.५९% रहेको थियो। अघिल्लो वर्षको सोहि महिनामा थोक मुद्रास्फीति १४.४२% रहेको थियो। यसैगरी उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा ७.२८% बाट केहि बढेर ७.७६% पुगेको हो।   

आर्थिक वर्ष ०७९/८० को नौ महिनाको तथ्यांक अनुसार हाम्रो शोधनान्तर स्थिति १८० अर्ब १९ करोड ले बचतमा रहेको छ भने फाल्गुन महिना मा १४८ अर्ब १० करोड रहेको बचत अहिले २१.६४५% ले बढेर १८० अर्ब १९ करोड हुन गएको छ। 

यसै गरि विदेशी मुद्राको सञ्चिति गत  अषार मसान्तमा ९ अर्ब ५३ करोड रहेको थियो भने २०७९ चैतसम्ममा १४.८% वृद्धि भै १० अर्ब ९४ करोड  कायम रहेको थियो। चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैंकिंग क्षेत्रसंग रहेको बेदेशी विनिमय सञ्चिति ११ महिनाको बस्तु आयात रु ९.४ महिना को बस्तु सेवा आयात धन्न सक्ने भएको छ।  

आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल बस्तु आयात १८.१ प्रतिशत ले घटेर १२०१ अर्ब ४१ करोड कायम रहेको छ। अघिल्लो वर्ष सोहि अवधीमा यस्तो आयात ३२ प्रतिशतले बढेको थियो। साथै आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल बस्तु निर्यात २६.६% ले घटेर ११८ अर्ब २८ करोड कायम भएको छ। अघिलो वर्ष सोहि अवधिमा यस्तो  निर्यात ६९.४% ले बढेको थियो। 

अहिलेको घट्दो मुद्रास्फीति र बढ्दो विदेशी मुद्राको सञ्चिति हेर्दै गर्दा नेपाल राष्ट्र बैंकले आगामी दिनमा संकुचनकारी नीतिभन्दा विस्तारकारी  नीति नै लिने देखिन्छ।  साथै बैंकको बेस  रेट घटेसंगै बैंकको लोनको ब्याजदर अझै घट्ने आँकलन गर्न सक्छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको