Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समीक्षाः बैंक दर १ प्रतिशतले घट्यो (पूर्णपाठसहित)

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १२ : २० मा प्रकाशित

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समीक्षाः बैंक दर १ प्रतिशतले घट्यो (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा गरेको छ । आज (शुक्रबार) बसेको राष्ट्र बैंक बोर्डको बैठकले वित्तीय बजारलाई सजिलो बनाउने गरी बैंक दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसअघि दर ८.५ प्रतिशत थियो ।

साथै, कर्जाको आवश्यकता र औचित्यता हेरेर कर्जाको पुनतालिकीकरण र पुनः संरचना पनि गरिनेछ । तर, उक्त सुविधा भने होटल, रेष्टुराँ तथा निर्माण क्षेत्रका कम्पनीले मात्र पाउने व्यवस्था गरिएको छ । 

अन्य क्षेत्रको कर्जाको लागि भने ५ करोडसम्मको कर्जाले यस्तो सुविधा पाउने छन् । मौद्रिक नीतिले सेयर धितो कर्जा तथा तथा अन्य क्षेत्रलाई भने चलाएको छैन ।

समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब तीन महिना बढाउन सकिने भएको हो । यसरी समय बढाउँदा कुनै शुल्क वा हर्जना लाग्ने छैन । यो व्यवस्था आगामी असार समान्तसम्मका लागि मात्रै रहने राष्ट्र बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको