Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर अधिकारीले भने– लचिलो मौद्रिक नीति ल्याएका छौँ, ब्याजदर अझ घट्छ

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १४ : २२ मा प्रकाशित

गभर्नर अधिकारीले भने– लचिलो मौद्रिक नीति ल्याएका छौँ, ब्याजदर अझ घट्छ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याएको र ब्याजदर अझ घट्ने स्पष्ट पारेका छन् । मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज शुक्रबार काठमाडौँस्थित् होटल याक एण्ड यतीमा पत्रकार सम्मेलनको आयोजना गरी गभर्नर अधिकारीले लचिलो नीतिका कारण ब्याजदर घट्ने प्रष्ट्याएका हुन्। 

तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले नीतिगत दरलाई साढे ८.५ प्रतिशतबाट घटाएर साढे ७.५ प्रतिशतमा झारेको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘आर्थिक असहजतालाई सहज बनाउनको लागि मौद्रिक नीति लचिलो बनाएका छौँ ।’

आजै राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही मौद्रिक व्यवस्था खुकुलो बनाइएको राष्ट्र बैंकले जनाएको छ । “मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीर्ति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ”, राष्ट्र बैंकले भनेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको