Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार चलाउने नियत राष्ट्र बैंकको नरहेको गभर्नर अधिकारीको भनाई

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १६ : ३९ मा प्रकाशित

सेयर बजार चलाउने नियत राष्ट्र बैंकको नरहेको गभर्नर अधिकारीको भनाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार चलाउने नियत राष्ट्र बैंकको नरहेको बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले बैंकहरुले सेयरका लागि प्रत्यक्ष कर्जा दिने अभ्यास विश्वका अन्य मुलुकमा नभएको तर नेपालमा रहेको भन्दै क्रमिक रुपमा अब ब्रोकरमार्फत् नै कर्जा प्रवाह हुने बताए ।

समग्र वित्तीय प्रणालीलाई हेरेर राष्ट्र बैंकले आफ्ना नीतिहरु बनाउने उनले बताए । मौद्रिक नीतिको समीक्षामा छुटेका आवश्यक विषय आगामी साउनमा आउने मौद्रिक नीतिमा समेटिने गभर्नर अधिकारीले बताए ।

 ‘बजेट समेत आइसकेपछि प्रशस्त छलफल र गृहकार्य गरेर त्यसका आधारमा मौद्रिक नीति तयार गरिनेछ, छुटेका आवश्यक विषयमा त्यसमा समेटिनेछ’ उनले भने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको