Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरबारे छानबिन गर्न बनेको समिति रद्द

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, १२ : ५३ मा प्रकाशित

गभर्नरबारे छानबिन गर्न बनेको समिति रद्द

नेपाल सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने निर्णय गरेको छ।हालै बसेको मन्त्रिपरिषद्को बैठकले तीन वर्ष अघिको यो निर्णय रद्द गरिदिएको हो । 

२०७८ चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीविरुद्ध छानबिन गर्न जाँचबुझ समिति बनाएको थियो । त्यो बेला  अर्थमन्त्री जनार्दन शर्मा थिए।तत्कालीन अर्थमन्त्री शर्मासँग विवाद उत्कर्षमा पुगेपछि जाँचबुझ समिति बनाएर गभर्नर अधिकारीलाई हटाउने चलखेल भएको थियो। परमादेशबाट बनेको कांग्रेस माओवादीसहित गठबन्धन सरकारले गभर्नर अधिकारीलाई नाजायज काम गराउने प्रयास गरेको थियो।  त्यो काम रोकिदिएपछि अधिकारीलाई कारबाही गर्न जाँचबुझ समिति बनाइएको थियो ।

अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका नाममा अमेरिकाबाट आएको शंकास्पद रकम राष्ट्र बैंकले रोकिदिएको कारण अर्थमन्त्री शर्मा र गभर्नरबीच बोलचाल नै बन्द भएको थियो ।  अदालतको आदेशपछि छानविन अघि नबढाइए पनि रद्द भएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व लिनुभएपछि उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गभर्नरबिरुद्धको छानविन समिति नैरद्ध गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको प्रस्ताव द्द गर्ने सरकारले निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको