Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको अर्थतन्त्र सुधारकाे बाटाेमा छ : गभर्नर अधिकारी

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, १७ : ४५ मा प्रकाशित

नेपालको अर्थतन्त्र सुधारकाे बाटाेमा छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधारको बाटोमा रहेको बताएका छन् ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको सम्मेलनमा  उनले यस्तो बताएका हुन् ।

सम्मेलनमा बोल्दै उनले गभर्नर अधिकारीले विदेशी मुद्रा सञ्चितिले १३ महिनाको आयात धान्नसक्ने क्षमता रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ब्याजदर समेत एकल अंकमा आएको बताए ।

मौद्रिक नीतिको परिणाम स्वरुप विदेशी मुद्रा सञ्चितिमा समेत सुधार हुँदा अर्थतन्त्रको वाह्य क्षेत्र बलियो रहेको गभर्नर  अधिकारीको भनाई छ । 

उक्त सम्मेलनमा उनले सन् २०२२ / २०२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि रहेकोमा २४ मा सुधार भएर ३.९ प्रतिशत र मुद्रास्फीति  ५.४ प्रतिशत रहेको उल्लेख गरे । अधिकारीले मुद्रास्फीति  ६.५ प्रतिशत राख्ने लक्ष्य भएपनि लक्ष्यभन्दा कम रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको