Like us!
Follow us!
Connect us!
Watch us!

यही आर्थिक वर्षमा नेप्सेलाई पुनःसंरचना गर्नुपर्छ: नेप्से कर्मचारी संघ

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, १६ : १९ मा प्रकाशित

यही आर्थिक वर्षमा नेप्सेलाई पुनःसंरचना गर्नुपर्छ: नेप्से कर्मचारी संघ

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को कर्मचारी संघले यही आर्थिक वर्षमा नेप्सेलाई पुनःसंरचना गरिनुपर्नेमा जोड दिएको छ । नेप्सेको कर्मचारी संघले आज आइतबार एम विज्ञप्ति जारी गर्दै आ.व.२०८०/८१ को वजेट वक्तव्यमा नेप्से संचालक समितिले प्रस्ताव गरे बमोजिम कार्यान्वयन हुने गरी नेप्सेलाई Corporatization र Modernization को माध्यम बाट यही आ.व. भित्र तत्काल पुनःसंरचना गरिनुपर्नेमा जोड दिएको हो ।

सरकारी स्वामित्वको राष्ट्रिय सम्पत्ति नेप्सेलाई कमजोर बनाउन सिमित स्वार्थ समूहको लागि नयाँ स्टक एक्सचेञ्ज खोल्न दिने नेपाल धितोपत्र बोर्डको प्रयासलाई सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा नेपाल सरकार मन्त्रिपरिषद्बाट रोक्ने निर्णय भएकोमा उक्त निर्णयलाई नेप्से कर्मचारी संघ हार्दिक स्वागत गरेको छ ।

साथै संघले नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स वितरण प्रकृयामा नीतिगत भ्रष्टाचार तथा आर्थिक चलखेल भएको दावी सहित रोक्न माग गर्दै संघीय संसदमा आवाज उठाउनुहुने सबै माननीय सांसदहरु, नेपाल सरकार, संचारकर्मी, विज्ञ तथा सरोकारवाला लगायत सबैमा हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ ।  

संघले जारी गरेको विज्ञप्ति यस्तो छः

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) पूँजीबजारको दोस्रो बजार सञ्चालन गर्ने नेपाल सरकारको स्वामित्वमा स्थापित एक मात्र सार्वजनिक संस्थान हो । यस संस्थाले आफ्नो स्थापना देखि निरन्तर नाफा आर्जन गर्दै आएको विषय सबैमा सर्वविदितै छ । साथै प्रत्येक वर्ष नेपाल सरकारलाई उल्लेखनिय रुपमा लाभांश वितरण तथा राष्ट्रिय राजश्वमा योगदान गदै आएकोमा आ।व। २०७८ र ७९ मा सबै भन्दा बढी आयकर बुझाई नेपाल सरकारबाट मध्यम स्तरीय करदाताको समुहमा उत्कृष्ट करदाता कम्पनीको उपाधि प्राप्त गरेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय सम्पत्ति नेप्सेलाई कमजोर बनाउन सिमित स्वार्थ समूहको लागि नयाँ स्टक एक्सचेञ्ज खोल्न दिने नेपाल धितोपत्र बोर्डको प्रयासलाई सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा नेपाल सरकार मन्त्रिपरिषद्बाट रोक्ने निर्णय भएकोमा उक्त निर्णयलाई नेप्से कर्मचारी संघ हार्दिक स्वागत गर्दछ ।

नेपाल सरकारले हरेक वर्ष बजेट वक्तव्यमा नेप्सेको पुनः संरचना सम्बन्धि बिषय समाबेश गरेतापनि कार्यान्वयन तहमा समस्या रहेको जगजाहेर छ । आ।व।२०८०/८१ को वजेट वक्तव्यमा नेप्से संचालक समितिले प्रस्ताव गरे बमोजिम कार्यान्वयन हुने गरी नेप्सेलाई Corporatization र Modernization को माध्यम बाट यही आ.व. भित्र तत्काल पुनःसंरचना गरिनु पर्दछ ।

नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स वितरण प्रकृयामा नीतिगत भ्रष्टाचार तथा आर्थिक चलखेल भएको दावी सहित रोक्न माग गर्दै संघीय संसदमा आवाज उठाउनुहुने सबै माननीय सांसदहरु, नेपाल सरकार, संचारकर्मी, विज्ञ तथा सरोकारवाला लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको