Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकद्वारा बोनस सेयर वितरण

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, ११ : ५८ मा प्रकाशित

ज्योति विकास बैंकद्वारा बोनस सेयर वितरण

ज्योति विकास बैंक लिमिटेडले बोनस सेयर वितरण गरेको छ । कम्पनीले फागुन १४ गते १५औं वार्षिक साधारण सभाबाट पारित गरेको ३ प्रतिशत बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७८–७९ को मुनाफाबाट कुल ६ दशमलव ८० प्रतिशत लाभांश वितरण गरेको हो । चुक्तापूँजी रू ४ अर्ब २६ करोड ७७ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ८० प्रतिशत नगद लाभांश यस वर्ष कम्पनीले वितरण गरेको हो । 

कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् । 

माघ १८ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाई छ । सो मितिपश्चात् कर्जा राफसाफ भइसकेको अवस्थामा फुकुवा गर्न समेत कम्पनीले जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको