Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १६ : १२ मा प्रकाशित

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (सोमबार) कृषि विकास बैंक लिमिटेड, साल्ट ट्रेडिङ्ग कोर्पोरेशन, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।

कृषि विकास बैंक लिमिटेडले घोषणा गरेको २ प्रतिशत बोनसले हुन आउने २६ लाख ३७ हजार ५ सय ८३ दशमलव १५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

त्यस्तै, साल्ट ट्रेडिङ्ग कोर्पोरेशनले घोषणा गरेको १० प्रतिशत बोनसले हुन आउने २ लाख ५३ हजार ५ सय ३१ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको २० प्रतिशत बोनसले हुन आउने २ लाख ४३ हजार ५ सय ६४ दशमलव ३० कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

त्यस्तै, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको २३ प्रतिशत बोनसले हुन आउने १२ लाख २१ हजार ७ सय ७२ दशमलव ३९ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको