Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँमा दशैँको समयमा अपराधका ८२ मुद्दा दर्ता

सोमबार, २३ असोज २०७४, १६ : ५५ मा प्रकाशित

काठमाडौँमा दशैँको समयमा अपराधका ८२ मुद्दा दर्ता

अर्थ संसार, काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले दशैँको समयमा आपराधिक क्रियाकलापमा संलग्न एक हजार ७९० जनालाई पक्राउ गरेको छ ।

परिसरले दशैँ सुरक्षा योजनाअन्तर्गत घटस्थापनादेखि पूर्णीमासम्म चलाएको कारबाहीमा पक्राउ परेकामध्ये एक हजार ५८७ जनालाई अनुसन्धान पश्चात् छाडिएको र बाँकी नियन्त्रणमा रहेका २०३ जनाबिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको परिसरका प्रहरी उपरीक्षक एवं प्रवक्ता रामदत्त जोशीले जनाजानकारी दिनुभयो ।

प्रहरीले गत वर्षको दशैँ अवधिभर ४१७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ३२९ जना बिरुद्ध मुद्दा दर्ता भएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको