हिम रिभर पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । उक्त कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी आज (बिहिबार) रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको हो ।
कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने कुल २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्नेछ ।
जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका स्थानीय वासिन्दाका लागि आइपीओ निष्कासन गर्नेछ। आयोजना प्रभावितका लागि सर्वसाधारणका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता निष्कासन गर्नेछ ।
त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ बिक्री गर्ने जनाएको छ । कम्पनीले सर्वसाधारणलाई १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता बिक्री गर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस