Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तलाई प्राप्ति गर्न डिप्रोक्सलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, ११ : ४८ मा प्रकाशित

आदर्श लघुवित्तलाई प्राप्ति गर्न डिप्रोक्सलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्ने कार्यलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ। बुधबार राष्ट्र बैंकले पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो। 

यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो। गत चैत १३ गते दुवै लघुवित्तबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता भएको थियो।

डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। प्राप्ति प्रक्रिया पूरा गरी ‘डिप्रोक्स लघुवित्त वित्तीय संस्था’का नामबाट एकीकृत कारोबार सुरु गर्ने दुवै लघुवित्तबीच सहमति भएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको