Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार फेरि रातो, ४ अंकले घट्यो

मंगलबार, ३० कार्तिक २०७३, १७ : ०३ मा प्रकाशित

शेयर बजार फेरि रातो, ४ अंकले घट्यो

अर्थ संसार 
काठमाडौं–पछिल्लो तीन दिन लगातार उकालो यात्रामा रहेको नेप्से परिसूचक मंगलबार भने ४.३४ अंकले घटेको छ । बजार १७०१.९१ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ  । मंगलबारको सेयर बजारमा बैंक समूह ६.८, होटल ३३, जलविद्युत समूह ३०.५४, फाइनान्स १ र  इन्सुरेन्स २३ अंकले घटेका छन् ।


यता डेभलपमेन्ट बैंक १.९, उत्पादन मुलक समूह ३.९९ र अन्य भने ८.९६ अंकले बढेका छन् । आज सर्वाधिक कमाउनेमा गरिमा विकास बैंकका लगानीकर्ता रहेका छन् । गरिमाको मूल्य झण्डै १० प्रतिशतले बढेको छ । उता महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाको शेयरधनीले भने निकै गुमाएका छन् । यसको मूल्य १० प्रतिशतले घटेको छ ।


आज जम्मा १ सय ३९ वटा कम्पनीहरुको ४ हजार ४ सय ९० वटा शेयर कारोबार भएका छन् । यसबाट ९ लाख ४६ हजार ४११ कित्ता शेयर खरिद बिक्री भई ८० करोड ९८ लाख ६१ हजार १८ रुपैयाँको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको