Like us!
Follow us!
Connect us!
Watch us!

सुपर हेवा पावरको विशेष साधारण सभा जेठ २० गते हुँदै

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १३ : १६ मा प्रकाशित

सुपर हेवा पावरको विशेष साधारण सभा जेठ २० गते हुँदै

सुपर हेवा पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा जेठ २० गते, कम्पनी रजिष्टर्डको कार्यालयमा डाकेको हो । सभा बिहान ११ बजे सुरु हुनेछ।

विशेष साधारण सभाले कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ को (ख) र (ग) (घ) संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ । 

साथै, प्रबन्ध पत्र संशोधन गर्ने क्रममा नियामक निकायहरूबाट थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न वा अभिलेख गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको