सरकारले नीति तथा कार्यक्रममार्फत अर्थतन्त्र लयमा फर्केको दाबी गरेको छ। आज (शुक्रबार) प्रतिनिधि सभामा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो दाबी गरेका हुन्।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ । आर्थिक परिसूचक सकारात्मक भएको छ। अर्थतन्त्र लयमा फर्केको छ।’
त्यस्तै विप्रेषण पनि बढेको भन्दै नीति तथा कार्यक्रमले अर्थतन्त्रमा टेवा पुर्याउने उल्लेख गरिएको छ। उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस