Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थानद्वारा विशेष साधारण सभा आह्वान

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, ११ : ३८ मा प्रकाशित

राष्ट्रिय बीमा संस्थानद्वारा विशेष साधारण सभा आह्वान

राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा जेठ २२ गते संस्थानको प्रधान कार्यालयमा दिउँसो ४ बजे गर्ने कम्पनीले जनाएको हो । संस्थानको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुरुप तयार पारिएको संस्थानको पूँजी योजना अध्यक्ष प्रतिवेदन २०७९ अनुरुप नेपाल सरकार नेपाल राष्ट्र बैंक र नेपाल बैंकले आफ्नो लगानी हिस्सा वापत हकप्रद सेयर मार्फत् थप गर्नुपर्ने पूँजी रकम बृद्धि गर्न आह्वान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आर्थिक वर्ष २०७५–७६ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयबाट लेखा परीक्षक सी.ए.राजकुमार शिवाकोटीलाई नियुक्तका लागि परामर्श प्राप्त भएकाले उक्त आर्थिक वर्षको लेखापरीक्षक नियुक्त र नीजको पारीश्रमिक तय गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको