Like us!
Follow us!
Connect us!
Watch us!

१५-२० दिन कुर्नुस् बैंकहरूले सेयर लोन लिनु भन्दै फोन गर्न थाल्छन् : अग्रवाल

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, ११ : २३ मा प्रकाशित

यतिबेला सेयर किन्ने एकदमै राम्रो अवसर रहेको दिपेन्द्र अग्रवाल बताउँछन् । अर्थ संसारको कार्यक्रम सेयर गफमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

अन्तत मार्केट बुलिस नै हो, सेयर किन्ने राम्रो मौका छ

कार्यक्रममा बोल्दै उनले भने, "बजार भनेको बुलिस नै हो । हामीले के बुझ्नुपर्छ भने यसमा विभिन्न किसिमका करेक्सन आउँदै माथि जान्छ । तपाईँले जुन पनि गाडी चलाउनु हुुन्छ फर्स्ट गेयरमा हाल्दा १२ २० स्पिड पुग्छ, सेकेन्ड गेयर हाल्दा ३० को, थर्ड फोर्थसम्म आउँदा १०० को स्पिड समात्छ । त्यस्तै मार्केट जबसम्म २४०० पुग्दैन तबसम्म १०० को स्पिड समात्दैन । अहिले हामीले के बुझ्नुपर्यो भने दिस इज द राइट टाइम टु बाई । गाडी फोर्थ गेयरमा गएपछि त चढ्ने कुरा भएन नी चढ्ने त फर्स्ट गेयर लगाउनु भन्दा पहिले नै हो नी । अहिले फर्स्ट गेयर लगाइरहेछ मार्केटले । यतिबेला सेयर राम्रो दाममा पाइराको छ अहिले किनेर राख्ने हो, दुई चार महिनामा ठूलो फड्को हान्छ ।" 

१५ देखि २० दिनमा बैंकहरू पैसा लैजानुस् भन्दै लगानीकर्ताहरूसँग आउने उनी बताउँछन् । उनले भने, "एउटा कुरा के छ भने बैंकिङ्ग सेक्टरले पैसा लगाउने ठाउँ छैन । अहिले होम लोनको लागी विज्ञापन आउन थाल्यो तर मान्छेहरूले लिने कहाँबाट त्यसका लागी पनि ४०-५० प्रतिशतसम्म त पैसा हाल्नुपर्यो त्यो हाल्न पनि पैसा छैन मान्छेहरूसँग । अहिलेको बेला वर्ल्ड मार्केटमा रिसेसन छ । रिसेसनको बेलामा हाम्रो देश भनेको आयात गर्ने देश हो हामीलाई आयात गर्दा फाइदा हुन्छ । पेट्रोल, डिजेलको भाउ घटिराछ वर्ल्ड मार्केटमा त्यसको हामीले फाइदा पाउछौँ । रेमिट्यान्स बढिराछ, १ खर्ब रूपैयाँ पर मन्थको रेमिट्यान्स पुगिराछ । त्यसबाट हामीलाई फाइदा हुन्छ । दोश्रो कुरा जुन बैंकहरूले लगानी गरिराछ त्यो बैंकहरूले २५ प्रतिशत बिजनेस लोन दिईरहेका छन् जुन वर्किङ क्यापिटल लोन भनेर छुट्याएको छ राष्ट्र बैंकले । र ३० प्रतिशत लोन घरजग्गामा दिईराछन् । ७० प्रतिशत लोन पाउने भनेको एउटै ठाउँ छ सेयर बजार ।"

उनले थपे, "सेयर बजार नबढी सुखै छैन । अरू कतै पैसा आउनेवाला छैन । अहिले जुन बैंकहरूले प्रीमीयम प्लस गरिराछन् हेर्दै जानु एकदिन आउला त्यतिबेला प्रीमीयम पनि जीरो गर्छन् र प्रोसेसिङ पनि जीरो गरेर बेस रेटमा लौन हजुर लग्दिनुस् मेरो पैसा भनेर तपाईँका बैंकवालाहरू आउनेछन् । यस्तो समय १५ देखि २० दिनमै आउँछ । सीडी रेसियो ८४ दशमलव ८२ छ यो भनेको लिक्विडिटी फ्लस भएको अवस्था छ । तर राष्ट्र बैंकले तोकेका शर्तहरूले गर्दा बैंकबाट कसैले पैसा लैजान सकेका छैनन् र बैंकहरूले पनि चाहेर पनि दिन सकेका छैनन् । यो १५ देखि २० दिनमा हेर्नुहोला यो अन्तिम त्रैमास छ, क्यापिटल एक्सपेन्डीचर पनि हुन्छ, सीडी रेसियो पनि हालसालमा वान अफ द लोएस्टमा छ । भनेपछि तपाईँ अहिले सेयर लोनको लागि अप्लाई नगर्नुस् केही दिनमा तपाईँको बैंक वालाहरू आफैँले फोन गर्न थाल्छन् ।"

अग्रवालसँगकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको