Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि म्युचुअल फण्ड–२ को इकाई बाँडफाँड सम्पन्न

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १६ : ०९ मा प्रकाशित

आरविवि म्युचुअल फण्ड–२ को इकाई बाँडफाँड सम्पन्न

आरविवि म्युचुअल फण्ड–२ को इकाई बाँडफाँड सम्पन्न भएको छ । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले बैशाख १७ गतेदेखि ३१ गतेसम्म इकाई बिक्री गरी हिजो (सोमबार) जेठ ८ गते बाँडफाँड सम्पन्न गरेको हो ।

उक्त योजना सञ्चालनका लागि आरविवि मर्चेन्टले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमार्फत् बिक्री गरेको थियो ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई बिक्रीबाट संकलित रकम सूचीकृत तथा सार्वजनिक निष्कासनका धितोपत्र, नेपाल सरकारले जारी गरेको ऋणपत्र ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरू, बैंक निक्षेप र नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी हुनेछ ।

योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्ष अवधिपश्चात् योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको