Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति– अर्थतन्त्र संकटमा त छ, तर श्रीलंकाको स्थितितिर जाँदै छैन

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १६ : ४१ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति– अर्थतन्त्र संकटमा त छ, तर श्रीलंकाको स्थितितिर जाँदै छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र दबावमा रहेको स्वीकार गरेका छन् । तर, श्रीलंकाको बाटोमा नगएको समेत उनले प्रष्ट्याएका छन् ।

आज (मंगलबार) सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले  अर्थतन्त्र दबाव र अप्ठ्यारोमा रहेको स्वीकार गरेका हुन् ।

प्रश्नको जवाफ दिँदै उनले भने,  ‘अर्थतन्त्र संकटमा त छ, तर श्रीलंकाको स्थितितिर जाँदै छैन । हाम्रा सूचकहरुले त्यस्तो देखाउँदैन । अनावश्यक आतंक सिर्जना गर्ने झुटो कुरा हामी कसैले पनि गर्नु हुँदैन ।’ अर्थतन्त्रलाई सुदृढ गर्न राजश्व वृद्धि गर्नुपर्ने उनले बताए ।-Photo Source: Facebook page of CM Prachanda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको