Like us!
Follow us!
Connect us!
Watch us!

विश्वपक फुटबल : इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो

अर्थ संसार

सोमबार, २२ असार २०८३, ०८ : ५३ मा प्रकाशित

विश्वपक फुटबल : इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो

दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ । 

राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ ।

मेक्सिको अज्टेका स्टेडियममा सोमबार विहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको