Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी सुनौलो लगानी योजनाको नोक्सानी बढ्यो, न्याभ घट्यो

अर्थ संसार

बुधबार, १० जेठ २०८०, ११ : ४७ मा प्रकाशित

कुमारी सुनौलो लगानी योजनाको नोक्सानी बढ्यो, न्याभ घट्यो

कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाले बैशाख मसान्तको खुद सम्पत्ति विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानी चैत मसान्तको तुलनामा बैशाख मसान्तमा बढेको हो । 

चैत मसान्तसम्ममा फण्डले रू. १७ लाख ४६ हजार नोक्सानीमा रहेकोमा बैशाख मसान्तमा बढेर रू.६२ लाख ३३ हजार पुगेको सार्वजनिक गरिएको तथ्यांकले देखाएको छ । 

बैशाख महिनामा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । बैशाख महिनामा फण्डको जम्मा आम्दानी रू. ११ लाख १४ हजार ऋणात्मक रहेको छ । त्यस्तै चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. २८ लाख १४ हजार रहेकोमा बैशाख मसान्तमा बढेर रू. ५१ लाख १८ हजार पुगेको हो । 

त्यस्तै फण्डको न्याभ पनि घटेको तथ्यांकले देखाएको छ । चैत मसान्तसम्ममा फण्डको न्याभ ९ रुपैयाँ ९५ पैसा रहेकोमा बैशाख मसान्तमा ९ रुपैयाँ ८३ पैसामा कायम भएको छ । 

त्यस्तै फण्डले बैशाख मसान्तसम्ममा सूचीकृत सेयरमा रू. १० करोड ७७ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तमा रू. २ करोड ७१ लाख थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको