Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप २ कम्पनीको मूल्य समायोजन, हेर्नुहोस् कुनको कति?

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १६ : २१ मा प्रकाशित

नेप्सेमा थप २ कम्पनीको मूल्य समायोजन, हेर्नुहोस् कुनको कति?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप २ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकका अनुसार आज प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मुल्य समायोजन भएको हो ।

स्टकको अनुसार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको ९.८० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४२८.५ रुपैयाँ कायम गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४७० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६०१.६७ रुपैयाँ कायम गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६४९.८० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको