Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, के के छन् एजेण्डा?

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १० : ५९ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, के के छन् एजेण्डा?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा असार ४ गतेका लागि डाकेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले द एसआर होटेल, तिलोत्तमा, रुपन्देहीमा बिहान ९ बजे बस्ने गरी सभा डाकेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखारीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने भएको हुँदा जेठ २२ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्तगर्ने सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको