Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तको एजीएम आउँदो असार ४ मा, लाभांश वितरण प्रस्ताव मुख्य एजेन्डा

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १२ : ०३ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तको एजीएम आउँदो असार ४ मा, लाभांश वितरण प्रस्ताव मुख्य एजेन्डा

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आउँदो असार ४ गते वार्षिक साधारणसभा गर्ने भएको छ। सभा एस आर होटल, ड्राइभरटोल रुपन्देहीमा बिहान ९ बजे सुरु हुने कम्पनीले जनाएको छ। 

सभामा गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशतमा बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस हुने संस्थाले जनाएको छ। 

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ। 

त्यस्तै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ।

 साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ जेठमा बुक क्लोज हुने भएकाले २२ जेठसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको