विश्लेषक शिव चन्द्रले आफ्नो सामाजिक संजालमा एक स्टाटस लेख्दै कारोबारको कुनै सीमा नै हुँदैन यसलाई कसरी नियमित र पटके भनेर छुट्याउने भनेर प्रश्न गरेका छन्।
उनी लेख्छन- "बजारको अवस्था हेरेर नियमित कारोबार गर्नेले पनि कहिले काहीँ ६ महिनासम्म कारोबार नगर्न सक्छ। अब उसलाई नियमित भन्ने की पटके? १ करोडको सेयर किनेर एक दुई वर्ष कुरेर २ करोडमा बेचेर बजार बाट निस्कनेलाई नियमित भन्ने की पटके? यहाँनेर IPO भर्ने अनि पर्यो भने बेच्नेलाई चाहिँ पटके भन्न खोजे जस्तो देखियो। अब घुमाउरो कुरा नगरी सम्बन्धित निकायबाट नियमित र पटके को व्याख्या गरिदिए अति उत्तम।"
बुधबार साँझ आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै सेयर बजारमा विद्यमान रहेको लगानीकर्तालाई नियमित र पटके भनेर वर्गीकरण गर्न खोजेको थियो । विभागले नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको बतायो । विभागका अनुसार सेयर कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन। तर यो पटके रुपमा कारोबार हुनेलाई मात्र हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस