Like us!
Follow us!
Connect us!
Watch us!

बढ्ने चान्स हाई छ, अहिले नकिने कहिले किन्ने : शिव चन्द्र

निशा हुमाँगाई

मंगलबार, ०२ जेठ २०८०, १६ : ५३ मा प्रकाशित

बढ्ने चान्स हाई छ, अहिले नकिने कहिले किन्ने : शिव चन्द्र

अर्थ संसारले दैनिक रुपमा एक एक जना सेयर लगानीकर्ता एवमं विश्लेषकको धारणा लिई प्रकाशन गरिरहेको "सेयर बजारको पछिल्लो अवस्था र लगानीकर्ताले चाल्नुपर्ने कदम" श्रृङ्खला अन्तर्गत आजका लागि हामीले शिव चन्द्रका नामले परिचित विश्लेषक पुरुषोतम चिमोरियासँग कुराकानी गरेका छौँ ।

अहिलेको सेयर बजारलाई कुन अवस्थामा देख्नु भएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, "अहिले मार्केट धेरै नै तल झरिसक्यो । ठ्याक्कै बटम यही नै भनेर त कसैलाई पनि थाहा हुँदैन तैपनी किन्नेहरुको चाहीँ अझै अलिकति तल झरोस् अनि किन्छु भन्ने सोच हुन्छ । अहिले हेर्दाखेरी मार्केटमा सेलिङ प्रेसर भन्दा पनि बाईङ प्रेसर बढी छ । त्यो हुँदाहुँदै पनि राम्ररी बढ्न सक्दैन यसको मतलव के भने मार्केटमा लगानीकर्तालाई आत्मविश्वास पलाएको छैन । अझै झर्ने होकी अझै झर्ने होकी भन्ने छ । अर्काे कुरा चाहीँ टेक्निकल एनालाईसिसले पनि तल झरेको बेलामा तल तल मात्रै देखाउने र माथि बढेको बेलामा माथि माथि मात्रै देखाउने हुन्छ । अहिले त कारोबार गर्नेहरुले टेक्निकल पनि फलो गर्न थाल्या छन् त्यसको प्रभाव पनि छ बजारमा, पहिला भन्दा धेरै नै हावी छ । अब त धेरै नै तल झरिसकेको छ । यो विन्दुबाट तल आए २०-५० अंक तल आउला, नआउला भन्न सकिँदैन । तर त्यो भन्दा नी बढ्ने चान्स धेरै छ अहिले ।

बजार लगातार घट्दा लगानीकर्ताहरु प्यानिक छन्, अहिलेको अवस्थामा विशेषगी साना लगानीकर्ताहरूले के गर्दा उपयुक्त होला ? भन्ने प्रश्नमा लगानीकर्तालाई सुझाव दिँदै उनले भने, "बजार ३२ सयको इन्डेक्सबाट झरेर १८ सयको इन्डेक्समा आईसकेको छ । कुनैकुनै कम्पनीहरुको लगभग ७०-७५ प्रतिशतसम्म मूल्य घटिसकेको छ । त्यसले गर्दा फण्डामेन्टल हेरेर राम्रा राम्रा कम्पनी हेरेर अब पनि नकिने त कहिले किन्ने ?  जस्तो लाग्छ मलाई चाहीँ । मार्केट सिनारियोदेखि लिएर, नराम्रो न्यूज पनि खासै केही छैन त्यसैले मार्केटमा इन्ट्री नगरेकाहरुले अब बिस्तारै बिस्तारै किन्न सुरु गर्दा हुन्छ । जो पहिल्यैदेखि मार्केटमा छन् उनीहरुले त एभ्रेजिङ गर्छन् । अब नयाँ इन्ट्री गर्नेहरुलाई पनि त्यो माथिल्लो विन्दु भन्दा त अहिले यदि तल झरेको छ । अब विशेषगरी साना लगानीकर्ताहरुले आफूसँग राम्रा कम्पनी छैन हल्लाको भरमा किनेको छ भने राम्रा कम्पनीमा सिफ्ट हुनुपर्याे । अहिले त कति राम्रा राम्रा कम्पनीको मूल्य पनि निकै सस्तिएको छ । यो मौकामा राम्रो कम्पनीमा सिफ्ट हुन सकिन्छ । यस बाहेक आफूसँग आम्दानी छ भने ॠण लिएर चाहीँ हैन आफ्नो आम्दानीलाई चाहीँ राम्रा कम्पनी छानेर लगानी गर्न सकिन्छ ।"

यसअघि यही सन्दर्भमा अन्य लगानीकर्ताहरूसँग गरिएकाे कुराकानी पढ्न तलका लिङ्कहरू थिच्नुहाेस् :

लगानीकर्ता डिप्रेस्ड छन्, सरकार कानमा तेल हालेर बस्यो: छोटेलाल रौनियार

सेयर बजारमात्र हैन सबै सेक्टर डामाडोल छ, लगानीकर्ताले आफूलाई सम्हाल्नुपर्छ : राधा पोखरेल

बजार बुल चरणको तयारीमा, आत्तिएर सेयर नबेच्नुस् : एसपी चौलागाईँ

सबै सेक्टरको पैसा बजारमा आउनेवाला छ, त्यस बेला मार्केटले नयाँ हाई बनाउँछ : दिपेन्द्र अग्रवाल

बजार बटममा छ, लगानी गर्नु एकदमै उपयुक्त : रोहन कार्की

स्ट्रङ बाउन्स ब्याक कुर्दै बजार, स्थिर नभई नयाँ लगानी नथप्दा उपयुक्त : दुर्गा तिवारी

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको