Like us!
Follow us!
Connect us!
Watch us!

अतित लाल श्रेष्ठको आन्तरिक राजश्व विभागलाई प्रश्नै प्रश्न

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, ०८ : १९ मा प्रकाशित

अतित लाल श्रेष्ठको आन्तरिक राजश्व विभागलाई प्रश्नै प्रश्न

लगानीकर्ता तथा विश्लेषक अतित लाल श्रेष्ठले आफ्नो सामाजिक संजालमा एक स्टाटस लेख्दै आन्तरिक राजश्व बिभागको विज्ञप्ति प्रति असन्तुष्ट रहेको जनाउ दिएका छन्।

उनले प्रश्न गरेका छन् :

- पटके लगानिकर्ता भनेको के हो? दिनका दिन धितोपत्रको कारोबार गर्ने प्राकृतिक ब्यक्ती जस्को बार्सिक कारोबार करोडौंमा हुन्छ, त्यो "पटके" हो कि "नियमित ब्यबसायी"?

- स्वेच्छिक रुपमा प्राकृतिक ब्येक्तिले गैरब्येबसायिक वा ब्यबसायिक धितोपत्र करोबार गर्न मिल्छ भन्ने अभिब्येक्तीलाई कसरी बुझ्ने?

- कसैले बजारमा २० करोड लगानी गर्छ र बर्षको अन्तमा २ करोड कमाउछ भने उस्ले त बल्ल तल्ल त्येत्रो रिस्क लिएर १०% न कमाएको हो, के उस्मा ३९% slab आय कर आकर्षित हुन्छ? येदि त्येस्तो हो भने रिस्क लिएर लगानी किन गर्ने? आय कर र पुजिगत लाभ करमा के केहि फरक छैन र?

- के यी दुबिधाहरुले गर्दा हरेक कर अधिकृतहरुको आफ्नो आफ्नै छुट्टै बिचार हुदैन होला र? कर चुक्ता प्रमाणपत्र येहि आर्थिक बिधेयकमा टेकेर अहिले को आ रा बिभागका महानिर्देशकले बोलेको जस्तै सजिलै पाउन सकिन्छ र?

कसैको पहुच छ भए आन्तरिक राजश्व बिभाग प्रमुखलाई यी प्रस्न मेरो तर्फ बाट राखी दिनु होला।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको