Like us!
Follow us!
Connect us!
Watch us!

बजेटपछिको तनावपूर्ण साता : ९३ अंकले घट्यो सेयर बजार

नेप्से

शुक्रबार, १९ जेठ २०८०, १७ : १६ मा प्रकाशित

बजेटपछिको तनावपूर्ण साता : ९३ अंकले घट्यो सेयर बजार

बिस्तारै बिस्तारै लयमा फर्कन खाेजेकाे पूँजी बजारलाई बजेट मार्फत् ल्याइएकाे कर नीतिले फेरि प्रताडित बनाएकाे छ । याे साता सेयर लगानीकर्ताहरूका लागि तनावपूर्ण रह्याे । यस साता जम्मा ४ दिन दाेश्राे बजार खुलेकाे थियाे । साेमबार गणतन्त्र दिवसकाे अवसरमा सार्वजनिक बिदा परेकाे हुनाले ४ दिन मात्रै बजार खुलेकाे हाे । जसमध्ये हिजाे बिहीबार मात्रै बजारमा केही सुधार देखिएकाे थियाे बाँकी ३ काराेबार दिन नै नेप्सेले ओरालो यात्रा तय गर्याेे ।

नेप्से परिसूचक 

यस साता सेयर काराेबार मापक नेप्से परिसूचक ९२ दशमलव ७८ अंकले घटेर १८६६.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ४.७४ प्रतिशतले घटेकाे हाे । 

यस साता काराेबार भएकाे ४ दिनमध्ये, आइतबार नेप्से परिसूचक १७.३८ अंकले घटेकाे थियाे । मंगलबार नेप्से परिसूचक ५३.१६ अंकले घटेकाे थियाे । बुधबार नेप्से परिसूचक ३८.८३ अंकले घटेकाे थियाे ।  यस साताकाे काराेबार भएकाे अन्तिम दिन बिहीबार भने सेयर कारोबार मापक नेप्से परिसूचक १६.५४ अंकले बढेकाे थियाे । 

काराेबार रकम

नेप्से परिसूचक घट्दा पनि सेलिङ प्रेसरले गर्दा कारोबार रकम भने अघिल्लाे साताकाे तुलनामा बढेकाे छ । गत साता दैनिक औषतमा एक अर्ब ७३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस साता दैनिक औषतमा २ अर्ब २३ करोडको सेयर काराेबार भएकाे छ । गत साताकाे तुलनामा यस साताकाे औषत काराेबार रकम २९ प्रतिशतले बढेकाे हाे ।

उपसमूह

काराेबार हुने कुल १३ उपसमूहमध्ये यस साता सबै उपसमूहकाे सूचक घटेकाे छ । याे साता सबैभन्दा धेरै हाेटल तथा पर्यटन समूह ६.९८ प्रतिशत अर्थात् २७९.७७ अंकले घटेको छ । 

सर्वाधिक कमाउने

यस साता आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । साताभरमा संस्थाकाे सेयरमूल्य २५.८८ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ८ सय ९२ रूपैयाँ पुगेकाे छ । त्यस पश्चात् क्रमश: बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड, चिलिमे हाइड्राेपावर कम्पनी लिमिटेड, जाेशी हाइड्राेपावर र सानीमा इक्विटी फण्ड रहेका छन् । यी बाहेक टप गेनरमा अन्य भने डिबेञ्चरहरू छन् ।

सर्वाधिक गुमाउने

याे साता सनराइज फाेकस्ड इक्विटी फण्डका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । साताभरमा फण्डकाे मूल्य १४.८९ प्रतिशतले घटेर ७ रूपैयाँ ८३ पैसामा झरेकाे छ । सर्वाधिक गुमाउने १० कम्पनीहरूमा अन्य कम्पनीहरू क्रमश : सामुदायिक लघुवित्त, हिमालयन एभरेष्ट इन्स्याेरेन्स, श्वेत गंगा हाइड्राेपावर, स्वाेराेजगार लघुवित्त, रिभर फल्स पावर, न्यादी हाइड्राेपावर, राप्ती हाइड्राे, हिमालयन उर्जा र माया खाेला हाइड्राेपावर रहेका छन् ।

बजार पूँजीकरण

यस साता लगानीकर्ताहरूकाे सम्पत्ती अर्थात् नेप्सेको कुल बजार पूँजीकरण ४.७ प्रतिशतले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ५८ अर्ब रूपैयाँ रहेको बजार पूँजीकरण यस साताकाे अन्तिम दिनसम्म आइपुग्दा घटेर २७ खर्ब २४ अर्ब रूपैयाँमा झरेकाे छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको