Like us!
Follow us!
Connect us!
Watch us!

प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको साधारणसभा, चुक्तापूँजी पुग्यो ८ करोड

अर्थ संसार

शनिबार, २० जेठ २०८०, १४ : १९ मा प्रकाशित

प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको साधारणसभा, चुक्तापूँजी पुग्यो ८ करोड

लगानी ब्यवस्थापन सेवा प्रदान गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङले कम्पनीको  केन्द्रीय कार्यालयमा शुक्रबार नवौं साधारणसभा सम्पन्न गरेको छ ।

सभाले संचालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आगामी आर्थिक बर्षका लागि लेखापरीक्षकको नियुक्ति लगायतका साधारण प्रस्तावहरु पारित गरेको छ ।

यसै गरी कम्पनीको मर्जर एक्वीजिसन गर्न बोर्डलाई अनुमति दिने, पूँजी बृद्धि गर्ने, नियामक निकाय धितोपत्र बोर्डबाट कर्पोरेट एडभाइजरी, प्राइभेट इक्वीटी, अन्डर राइटर, इस्यु मेनेजरको कारोबार गर्न अनुमतिका लागि आवेदन गर्ने, लगायतका विशेष प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीका सचिव लीलानाथ घिमिरेले सेयरधनी स्वयं र प्रतिनिधिमार्फत सभामा ८० प्रतिशत सेयरधनीको उपस्थिति रहेकाले सभाको गणपूरक संख्या पुगेको जानकारी दिएका थिए । उनले विश्वब्यापी रुपमा आर्थिक मन्दिको असर परेका बेला समेत प्रोभिडेन्टको सक्षम ब्यवस्थापनले कम्पनीलाई राम्रोसँग संचालन गर्न सकेको बताए ।

सभामा कम्पनीका कार्यकारी अध्यक्ष डा. बिमलकुमार तिवारीले गत आर्थिक बर्षमा धितोपत्र बजारमा आएको गिरावटको प्रभाव कम्पनीको बासलातमा पर्न गएको बताउँदैसंकुचनको मार्गमा चलेको धितोपत्र बजारमा लगानी ब्यवस्थापन सेवामा न्युन मात्रै सुधारको कारण कम्पनी सन्तोषजनक अबस्थामा आएको जानकारी दिए । कम्पनीको चुक्ता पूँजी ८ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभामा कम्पनीका संचालक बलराम घिमिरे (पंकज) लगायत सेयरधनीहरुको सहभागिता थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको