Like us!
Follow us!
Connect us!
Watch us!

इप्पानको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी, जलविद्युतमा १५ वर्षको अनुभव

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, ०३ : ३६ मा प्रकाशित

इप्पानको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी, जलविद्युतमा १५ वर्षको अनुभव

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कोषाध्यक्षता पदमा युवा उर्जा उद्येमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

इप्पानको आगामी जेठ ३२ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले अध्यक्षका प्रत्यासीहरु गणेश कार्की र बरिष्ठ उपाध्यक्ष महोन डाँगीसँग छलफलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । 

कोषाध्यक्षका प्रत्यासी पन्त युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडका अध्यक्ष हुन् । उनी टक्सार पिखुवाखोला हाइड्रो पावर कम्पनीका  कार्यकारी प्रबन्धक समेत हुन् । त्यस्तै २२.५ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत कम्पनीमा समेत उनको उल्लेख्य लगानी छ । नेपाल चेम्बर अफ कमर्सका कार्यसमित सदस्य पन्त चेम्बरको उर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण ब्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरुमा लगानी रहेको देव ग्रुपका अध्यक्ष पनि हुन् । 

उर्जा युवा उद्येमी पन्त जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल रूपमा स्थापित गरिसकेका छन् । १५ वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको कोषाध्यक्षमा दाबेदार रहेको उनले बताए ।  आफू कोषाध्यक्ष पदको लागि योग्य भएकाले जलविद्युत उर्जा उद्येमीहरुले सहयोग गर्नेमा पन्त ढुक्क छन् ।

 जलविद्युत क्षेत्रमा उत्पादकहरुले भोग्दै आएको समस्याको समधान गर्ने योजना पन्तसँग छ । आगामी दिनमा उर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको दावी छ ।   

यसअघि २०७७ साउन ३२ गते ३ वर्षका लागि चुनिएको वर्तमान कार्यसमितिको पदावधि सकिनु अगाडि नै निर्वाचन गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने हुन्छ ।

इपानले विधान संशोधन गरी अबको कार्यकालदेखि एक जना वरिष्ठ उपाध्यक्षको पद थप गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा जस्तै वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने मापदण्डभित्र रहेर अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीको चयन हुने इपानले जानकारी दिएको छ ।
 

647daf0cee66e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको