एपेक्स मकालु हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधाणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आउँदो असार ८ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सो सभामा प्रबन्धपत्रको दफा ६ को क, ख, ग र घ संशोधन गरिने छ भने सभाले जारी पूँजीको २० प्रतिशत बराबरको साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले सार्वजनिक निष्कासनबाट प्राप्त रकमको खर्च प्रयोजनार्थ निर्णय समेत पारित गर्नेछ ।
साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृति गर्नेछ । त्यस्तै सभाले नियामक निकायहरुबाट थपघट, फेरबदल, परिमार्जन गर्न निर्देशन वा सुझाव भएमा सोहि बमोजिम गर्न वा अभिलेख गराउँदा केही सामान्य हेरफेर गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस