Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्तावसहित नेपाल पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १० : ४५ मा प्रकाशित

लाभांश प्रस्तावसहित नेपाल पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष ७८–७९ को आठौं वार्षिक साधारण सभा असार १५ गते गर्ने भएको छ । सो सभा अमृतभोग ब्याक्वेटमा गर्ने कम्पनीले जनाएको हो । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, आ.व. २०७८–७९ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९–८० को लागि बाह्य लेखापरीक्षकमा टिआर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, लालदरबार, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न दुईजना सञ्चालकको निर्वाचन गर्ने, बोनस सेयर वितरणपश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० कायम हुने हुँदा सोही अनुसार प्रबन्धपत्रको दफा ६(२) र ६ (३) संशोधन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण असार ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको