Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १० : ३४ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज असार ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ । कम्पनीले आफ्नो आर्थिक वर्ष २०७८–०७९ को आठौं वार्षिक साधारण सभा असार १५ गते शुक्रबार गर्ने भएको छ । उक्त सभा अमृतभोग ब्याक्वेटमा गर्ने जनाएको हो । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८-७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, आ.व. २०७८–७९ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको